सोमबार, १४ बैशाख, २०८३

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ४ चैत्र, २०८२

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२०८२ चैैैत्र ४, काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ । हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

advertisement_1676998982.gif