सोमबार, १४ बैशाख, २०८३

हवाई इन्धनको मूल्य बढ्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १८ चैत्र, २०८२

हवाई इन्धनको मूल्य बढ्यो

२०८२ चैत्र १८, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनमा भारी मूल्य वृद्धि गरेको छ । निगमले एक विज्ञप्ति जारी गर्दै गएराति मध्यरात १२ बजेदेखि लागू हुने गरी मूल्य बढाइएको जनाएको छ ।

भारतले पठाएकाे नयाँ मूल्यसूची अनुसार निगम सञ्चालक समितिले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२४ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ८१९ ले बढाएकाे छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन पोइन् (न नाफा, न घाटा) मा बिक्री मूल्य कायम गरिएको छ ।

साथै, अर्को मूल्य समायोजन नहुँदासम्मका लागि पेट्रोल, डिजेल/मट्टीतेल र एलपी ग्यासको साविक खुद्रा मूल्यलाई नै यथावत राखिएको निगमले जनाएकाे छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४१ रुपैयाँ ६० पैसा, डिजलमा प्रतिलिटर ९४.९३ रुपैयाँ तथा हवाई इन्धनमा प्रति लिटर १२३. ८ र एलपी ग्यासमा प्रति सिलिण्डर १९०.३६ रुपैयाँले वृद्धि भएर आएको छ ।

 

advertisement_1676553908.gif