मंगलवार, १७ असार, २०८२

नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १३ भाद्र, २०८१

नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

काठमाडौं, १२ भाद्र । २०८१ – यामाहाले काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमाहिजोदेखि सुरु भएको नाडा अटो शो २०२४ को उद्घाटनकै दिन रोमाञ्चकप्रभाव छोड्न सफलभएको छ । प्रदर्शनीमा माननिय उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलज्यूको हातबाट आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आरको  साथै एमटी–१५ भर्सन २ अनावरणका का साथसाथै एरोक्स, यामाहाएपÞm जेड एस डिलक्सका प्रदर्शनले उपस्थितहरूलाई मोहित तुल्याएको थियो । यामाहाको स्टल रहेको इभेन्टको स्टल नम्बर एमएम १५ मोटरसाइकल पारखी र उत्साहीहरूकालागि घुम्नैपर्ने ठाउँ बनेको छ । 

शोको उद्घाटनकै दिनमा लन्च गरिएको यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो। १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ। यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानलएबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागिउपयुक्त बनाउँछ । यामाहा बाइकहरू यसको डिजाइन, टेक्नोलोजी, स्टेबलिटी र राइड एक्सपेरियन्सका लागि पुरै उद्योगमा अग्रस्थानमा पर्छन् । साहसिक र दक्ष नेपाली बाइकिङ उत्साहीहरूलाई नेपालको पहाडी भूभाग र अन्यकुनै पनिचुनौतीहरूमा पूर्ण नियन्त्रण र सुरक्षा प्रदान गर्ने यामाहा डब्लुआर १५५ आर वास्तवमै एडभेन्चर बाइक सेग्मेन्टमा अन्य सबै प्रतिस्पर्धीहरूभन्दा धेरै अगाडि रहेको छ ।

इभेन्टमा आगन्तुकहरू डब्लूआर १५५ आरको स्लीक डिजाइन र अत्याधुनिक प्रविधिबाट प्रभावित देखिएका छन्। यसले यामाहाको इनोभेसन र पर्फर्मेन्समा अग्रणीको रूपमा कायम प्रतिष्ठालाई पनिबलियो बनाएको छ। डिस्प्लेमा राखिएको भर्खरै लन्चभएको यामाहा एमटी–१५ भर्सन २ ले आफ्नो आक्रामक स्टाइल, नयाँ सुविधाहरूको लहर र रोमाञ्चक पर्फर्मेन्सले यामाहा स्टलमा थपउत्साह बढाएको छ ।एमटी–१५ भर्सन २ मा उत्कृष्ट विशेषताहरू समावेश छन्, जसमा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्चचपलताकालागिहल्काएल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममाउत्कृष्ट शक्तिवितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन्। यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङकालागि डुअल च्यानलएबिएस  र वाई(कनेक्ट  फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।बाइकशोकेसका अतिरिक्तयामाहाले आकर्षक अन–ग्राउन्ड क्विज, गेम र अन्यगतिविधिहरू मार्फत् ठूलो भीडलाई आकर्षित गरेको छ। कार्यक्रममाबुकिङ गर्ने आगन्तुकहरूलाई रू. ६००० विशेष छुट को साथै चाँदीको सिक्का र विशेष यामाहामर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ। यसले गर्दा यामाहा फ्यानहरूकालागि यो इभेन्ट अझअविस्मरणीय बनिरहेको छ ।

नाडा अटो शो २०२४ यहिभाद्र १६ गतेसम्म जारी रहनेछ। यसले आगन्तुकहरूलाई यामाहाकानवीनतमअफरहरूको थ्रिलअनुभव गर्न प्रशस्त समय दिनेछ। ५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोवाइलपारखीहरूलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवादिँदै आएको एमएडब्लू ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक हो । ग्रुपले भर्खरै नेपालमा निर्मित यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्याण्डर्डको लागि १० वर्षको वारेन्टी समेत ल्याएको छ।

नाडा अटो शो २०२४ मा यामाहा डब्लुआर १५५ आर एडभेन्चर बाइक र एमटी–१५ भर्सन २ को अनावरण

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif