राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १ चैत्र, २०८२
२०८२ चैैैत्र १, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । मूल्य वृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रति लिटर १७२ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर १५२ पर्ने भएको छ ।
निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ३१, डिजलमा ५४ र एलपी ग्यासमा २१६ बढेर आएको जानकारी दिएको छ । निगमले बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने जनाएको छ ।