बिहीबार, १७ बैशाख, २०८३

सुनको मूल्यमा भारी गिरावट, ९ हजार ५ सय र चाँदी ६ सय २० रुपैयाँले घट्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ माघ, २०८२

सुनको मूल्यमा भारी गिरावट, ९ हजार ५ सय  र चाँदी ६ सय २० रुपैयाँले घट्यो

२०८२ माघ २२, काठमाडौं । नेपाली बजारमा सुनको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।

यससँगै आजको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ । हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

advertisement_1676998982.gif