सोमबार, १४ बैशाख, २०८३

सुनको मूल्यमा भारी गिरावट, तोलाको १८ हजार ८ सयले र चाँदी १५ सय ६५ ले घट्यो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ माघ, २०८२

सुनको मूल्यमा भारी गिरावट,  तोलाको १८ हजार ८ सयले र चाँदी १५ सय ६५ ले घट्यो

२०८२ माघ १८, काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको १८ हजार ८ सयले घटेर तोलाको ३ लाखमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

advertisement_1676551646.gif