मंगलवार, १७ असार, २०८२

अब स्नातकको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १६ चैत्र, २०८०

अब स्नातकको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोध्ने भएको छ । यसअघि अंग्रेजी भाषामा मात्र प्रश्न सोधिदै आएकोमा अब अंग्रेजी र नेपाली भाषा दुबैमा प्रश्न सोधिने भएको हो । 

परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले बताए।

विश्वविद्यालयले सूचना जारी गर्दै चैत १५ मा बसेको त्रिवि प्राज्ञिक परिषद स्थायी समितिको बैठकले स्नातक तह प्रथम वर्षको आगामी परीक्षादेखि यो लागू गर्ने र आगामी दिनमा दोस्रो, तेस्रो र चाैथाे तहमा पनि लागू गर्ने निर्णय भएको जनाएको छ । 

हाल तीन लाख ४७ हजार दुई सय ६९ विद्यार्थी रहेको मुलुकको ठूलो विश्वविद्यालयमा एक हजार एक सय २४ सम्बन्धनप्राप्त र ६२ आङ्गिक क्याम्पस छन् ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif