आईतवार, १ मंसिर, २०८२

शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गरिने शिक्षामन्त्रीको चेतावनी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ कार्तिक, २०८२

शिक्षक–प्राध्यापक राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गरिने शिक्षामन्त्रीको चेतावनी

२०८२ कार्तिक २३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपाल शिक्षक महासङ्घ, प्राध्यापक र शिक्षाका निकायका कर्मचारीका सङ्गसङ्गठन गैह्रराजनीतिक चरित्रको बनाउन आह्वान गरेका छन् ।

मन्त्री पुनले आज विज्ञप्ति जारी गर्दै साझा प्रकृतिको ट्रेड युनियन सङ्गठन हुनुपर्ने र उनीहरुले पेसागत हकहितका लागि सामूहिक सौदाबाजी गर्न पाउनुपर्नेमा आफू स्पष्ट भएको तर राजनीतिक दलको जनसङ्गठन तथा शुभेच्छुक संस्थामा रहेका शिक्षक–प्राध्यापक सङ्गठनलाई आफूले मान्यता नदिने बताए ।

मन्त्री पुनले आफूलाई विभिन्न माध्यमबाट प्राप्त सुझाव र गुनासोमा शिक्षक–प्राध्यापकले आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भई शैक्षिक गुणस्तरमा प्रतिकूल असर परेको पाइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘आचरण विपरीत राजनीतिक गतिविधिमा संलग्न भएको पाइए कानुनबमोजिम कारबाही गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।

advertisement_1676998982.gif