मंगलवार, १७ असार, २०८२

यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ८ माघ, २०८०

यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि

काठमाण्डौं। यस वर्षको माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा चैत्र १५ देखि गर्ने निर्णय गरेको हो।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको बैठकले एसईईको तालिका समेत सार्वजनिक गरेको हो । परीक्षाका लागि चार लाख ८९ हजारभन्दा धेरै विद्यार्थीले फारम भरेका छन् ।

यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अनिवार्य ल्‍याउनु पर्ने अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब पुरानै नियम अनुसार प्रत्‍येक  विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ अङ्क ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउन राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif