बिहीबार, ३ बैशाख, २०८३

आज मध्य रातिदेखि सर्लाहीका नेपाल-भारत सीमा नाका बन्द हुने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

आज मध्य रातिदेखि सर्लाहीका नेपाल-भारत सीमा नाका बन्द हुने

२०८२ फागुन १८, सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल-भारत सीमा नाका आज मध्य रातिदेखि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार आज ( फागुन १८ गते ) राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म तीन दिनका लागि सिमा नाका पूर्ण रूपमा बन्द रहनेछ । यस अवधिमा अत्यावश्यक सेवा र सुरक्षा निकायको समन्वयबाहेक अन्य आवतजावत तथा गतिविधिमा पूर्ण निषेध गरिएको छ ।

गत बुधबार बसेको जिल्ला सुरक्षा समिति सर्लाहीको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । सीमा क्षेत्रमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न र सुरक्षा व्यवस्था कडा पार्न यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले सीमा क्षेत्रमा निगरानी तथा चेकजाँच थप सुदृढ गरिने जानकारी दिँदै निर्वाचन अवधिभर उच्च सतर्कता अपनाइने बताए ।

advertisement_1676551646.gif