बिहीबार, ३ बैशाख, २०८३

बालकोट पुगेर एमाले अध्यक्ष ओलीले गरे मतदान

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

बालकोट पुगेर एमाले अध्यक्ष ओलीले गरे मतदान

२०८२ फागुन २१, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेका छन् । ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

मतदानका लागि उनी पत्नी राधिका शाक्यसहित मतदान स्थल पुगेका थिए ।

यस पटकको प्रतिनिधिसभा निर्वाचनमा ओली झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन् ।

advertisement_1676551537.gif