राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२
२०८२ फागुन २१, काठमाडौँ । नेकपा एमालेका पुर्व वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका पोखरेलले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै लोकतन्त्र सुदृढ बनाउन मतदानमा नागरिकको सहभागिता अत्यन्त महत्वपूर्ण रहेको बताए ।
लामो राजनीतिक अनुभव, संगठनात्मक पकड र स्पष्ट विचारधाराका कारण पोखरेललाई यस क्षेत्रका बलिया उम्मेदवारका रूपमा हेरिएको छ । इमानदार छवि, जनतासँग घुलमिल भएर काम गर्ने शैली तथा विकासप्रेमी सोचका कारण उनले जित्ने सम्भावना उच्च रहेको स्थानीयको दावि पनि रहेको छ ।