राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२
२०८२ फागुन २२, काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार इन्दिरा राणाले अग्रता कायम राखेकी छन् ।
हालसम्मको मतपरिणामअनुसार उनले ३ हजार ३९५ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन् । उनी २ हजार ८५ मतान्तरले अगाडि छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले १ हजार ३१० मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईँले १ हजार १२५ मत प्राप्त गरेकी छन् ।