बिहीबार, ३ बैशाख, २०८३

मौन अवधिमा गलत काम भए कारवाही हुने निर्वाचन आयोगको चेतावनी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ फाल्गुन, २०८२

मौन अवधिमा गलत काम भए कारवाही हुने निर्वाचन आयोगको चेतावनी

२०८२ फागुन १९, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी गर्नबाट पछि नहट्ने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले बताएका हुन्।

उनका अनुसार आयोगले पटक पटक सरोकारवाला सबैमा आचारसंहिता पालना गर्नका लागि आग्रह गर्दै आएको छ ।

सबै सरोकारवालाहरू आचारसंहिता पालनाका लागि आग्रह गर्दै आएको उनले उल्लेख गरेका छन् ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दल र दलका उम्मेदवारले आफ्ना मतदान स्थलको ३ सय मिटर वरिपरि निर्वाचन प्रसार प्रसारका सामग्री राखेको छ भने त्यसलाई हटाउनुपर्ने छ ।

advertisement_1676553908.gif