बुधबार, २ बैशाख, २०८३

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी

२०८२ फागुन २२, मुस्ताङ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा थकालीले ३ हजार ३ सय ७ मत पाएका छन् ।

थकालीको यो समेत प्रतिनिधिसभामा दोश्रो सहभागिता हो । २०७९ मा भएको निर्वाचनमा पनि उनले त्यही क्षेत्रबाट जित हात पारेका थिए । अघिल्लो निर्वाचनमा विजयी हुँदै गर्दा संसदमा पुग्ने उनी सबैभन्दा कान्छो सदस्य थिए ।

थकालीका प्रतिश्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले १ हजार ८ सय ६ पाएका छन् । तेश्रो स्थानमा रहेको रास्वपाका अधितीय चन्द्र थकालीले भने ७ सय ५९ मत मात्र पाएका थिए । मुस्ताङमा ६ हजार ३ सय ९७ मत खसेको थियो ।

नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनी थासाङ गाउँपालिकाको लेतेका बासिन्दा हुन् । विद्यार्थी समयदेखि नै उनले कांग्रेसको राजनीति गरेका उनले जिल्लाका बासिन्दाको आवश्यकता अनुसार नीतिगत तथा विकासका काममा प्राथमिकता दिने बताए ।

advertisement_1676998982.gif