बिहीबार, ३ बैशाख, २०८३

निर्वाचन अपडेट: चितवन-२ मा रवि लामिछाने दोब्बर मतले अगाडि

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

निर्वाचन अपडेट: चितवन-२ मा रवि लामिछाने दोब्बर मतले अगाडि

२०८२ फागुन २२, भरतपुर । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

अहिलेसम्म ६ हजार ६ सय २३ मत गणना हुँदा रविले २ हजार ८ सय १ मतसाथ अग्रता लिएका छन् ।

रविलाई पछ्याउँदै एमाले उम्मेदवार अस्मिन घिमिरे दोस्रो स्थानमा १ हजार २ सय ५९ मत पाएका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरुङले १ हजार १ सय ५१ मत पाएका छन् भने नेपाली काँग्रेसका मिना खरेलले ९ सय १६ मत पाएकी छिन् ।

advertisement_1676553908.gif