बिहीबार, ३ बैशाख, २०८३

निर्वाचन अपडेट: रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२

निर्वाचन अपडेट: रसुवामा कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता

२०८२ फागुन २२, रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आचार्यले ६८९ मत प्राप्त  गरेका छन्  । 

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टले ५३८ र नेकपा एमालेका प्रेम तामाङले २३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

advertisement_1676998982.gif