बिहीबार, ३ बैशाख, २०८३

रौतहटमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

रौतहटमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

२०८२ फागुन २१, रौतहट । रौतहटमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा एकाध घटना बाहेक मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । उत्साहित मतदाताले समयमै मतदान गरेका छन् ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जना उम्मेदवार निर्वाचनको मैदानमा रहेका छन् । निर्वाचनका क्रममा अधिकांश मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उल्लेख्य उपस्थिति देखिएको थियो ।

सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी भइरहेको जनाइएको छ ।

advertisement_1676553908.gif