बिहीबार, ३ बैशाख, २०८३

सुदूरपश्चिममा ५० दशमलव ९ प्रतिशत मतदान

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ फाल्गुन, २०८२

सुदूरपश्चिममा ५० दशमलव ९ प्रतिशत मतदान

२०८२ फागुन २१, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा ५० दशमलव ९ प्रतिशत मतदान भएको छ । 

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर कुल १७ लाख १६ हजार ६ सय ६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले मतदान गरेका छन् । कञ्चनपुरमा सबैभन्दा बढी ५८ दशमलव ६ प्रतिशत मतदान भएको छ भने कैलालीमा ५५ दशमलव ४ प्रतिशत, दार्चुलामा ५३ दशमलव ८ प्रतिशत र बाजुरामा ५२ दशमलव ६ प्रतिशत मतदान भएको छ । 

यस्तै डडेल्धुरामा ४९ दशमलव २ प्रतिशत, बैतडीमा ४६ दशमलव ८ प्रतिशत, बझाङमा ४१ दशमलव १ प्रतिशत, डोटीमा ४० दशमलव ९ प्रतिशत र अछाममा सबैभन्दा कम ३९ दशमलव २ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशभरका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

advertisement_1680627706.gif