बुधबार, २ बैशाख, २०८३

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ५ चैत्र, २०८२

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै

२०८२ चैैैत्र ५ काठमाडौं । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।

आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली काँग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार–चार जना सांसद निर्वाचित भएका छन् ।

आज सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि आजै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने तयारी आयोगले गरेको छ ।

राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ ९१० अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने हुनेछ ।

advertisement_1676551646.gif