राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २२ फाल्गुन, २०८२
२०८२ फागुन २२, दाङ । दाङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य फराकिलो अग्रतामा छन् । हालसम्म तीन हजार ९१५ मत गणना हुँदा आचार्यले दुई हजार ४२९ मत पाएका छन् ।
नेकपा एमालेका शंकर पोखरेल ५८३ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ३८७ र नेकपाका निर्मल आचार्यले २१३ मत पाएका छन् ।
यस क्षेत्रमा कुल ८२ हजार ६०० मत खसेको छ ।