मंगलवार, १७ असार, २०८२

प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ८ फाल्गुन, २०८०

प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक

काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक गरिएको छ ।
बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए ।

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा  निर्देशन गीतमा रहेको छ ।

सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत धेरैले  मन पराउने विश्वास गरिएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif