मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ६ असार, २०८०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडान।

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

चीनको छेन्दु प्रान्तबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण भएको हो । उक्त  जहाजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित अन्य  १३० यात्रुहरु सवार गरेका  थिए ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभल आयोजना हुदैछ। उक्त फेस्टिभल मा भाग लिनको लागि  खेलाडीहरु  समेत जहाजमा सवार रहेका  थिए ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित सात सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा गएको जेठ २७ गते चीन भ्रमणमा गएका थिए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg