शुक्रबार, २० असार, २०८२

तनहुँको आँबुखैरेनीमा बस दुर्घटनाः १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ७ भाद्र, २०८१

तनहुँको आँबुखैरेनीमा बस दुर्घटनाः  १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

तनहुँ, भदौ ७ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको बताए ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मस्याङ्दी नदीमा खसेको हो। तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए। 

सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ । यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै उनीहरुलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

बस सडकभन्दा करिब एक सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको थियो। 

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif