मंगलवार, १७ असार, २०८२

निलम्बित प्रहरी निरीक्षक शाहीविरूद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० आश्विन, २०८१

निलम्बित प्रहरी निरीक्षक शाहीविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, असोज ३० । ललितपुरको प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन प्रमुख एवं निलम्बित प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । हनी ट्र्यापमा पारेर पैसा असुल गरेको घटनामा उनको समेत संलग्नता देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन् । उनी समेतको मिलेमतोमा एक जना व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन भएको खुलेपछि परिसरले डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन समिति बनाइएको थियो ।

उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ। प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । छानबिन समितिले पनि शाहीको संलग्नता देखिएको भन्दै मुद्दा नै चलाउन राय दिएको थियो।

बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif