मंगलवार, १७ असार, २०८२

नेपाल प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना-४ हजार प्रहरी परिचालन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ११ आश्विन, २०८१

नेपाल प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना-४ हजार प्रहरी परिचालन

काठमाडौं, असोज ११ । दशैँ तिहारलाई लक्षित गरेर प्रहरीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शुक्रवार पत्रकार सम्मेलन गर्दै दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालनको योजना सार्वजनिक गरेको हो ।

चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको ।

चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चुनौतीहरु पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।

सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने उनले बताए। जनमानसमा सुरक्षकर्मीको सहज पहुँच, अपराध न्यूनीकरणका साथै स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखिएको रजौरेले बताए ।

उनले एरिया बिभाजन गरि १४ जना प्रहरी नायव उपरिक्षकको कमाण्डमा एउटा टोलीमा १० जना रहने गरि परिचालन गरिने जिकिर गरे । सवारी गस्तीमा इ-क्युआरटी ७६ र २४ वटा मोवाइल गस्ती परिचालन हुने परिसरले जनाएको छ । त्यस्तै सादा पोशाकमा ३८ वटा टोली खटिने प्रहरीले जनाएको छ।

त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सूचना संकलनको रूपमा सादा पोसाकको रूपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रूपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif