सोमबार, १४ बैशाख, २०८३

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी अस्पताल पुगे गृहमन्त्री

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २० चैत्र, २०८२

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी अस्पताल पुगे गृहमन्त्री

२०८२ चैत्र २०, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न बिहीबार राति केएमसी अस्पताल पुगेका छन् । घाइतेहरूलाई निःशुल्क उपचार प्रदान गर्दै आएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद समेत दिएका थिए ।

गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै सिधै अस्पताल पुगेका थिए । उनले घाइतेहरूको स्वास्थ्य अवस्था बुझ्दै केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको जानकारी लिए ।

डा. शर्माले घाइते भएका सबैको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको र बिरामीको अवस्था बुझिरहेको बताए । उनले डा. शर्मालाई राति करिब १० बजे अस्पताल पुगेर धन्यवाद समेत व्यक्त गरेका थिए ।

अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही अझै उपचारको क्रममा छन् । गृहमन्त्री गुरुङले जेनजीका घाइतेहरूको घाउमा मलम लगाएकोमा धन्यवाद दिए ।

मन्त्री गुरुङ राति करिब १० बजे अस्पताल पुगेका थिए ।

advertisement_1680627706.gif