सोमबार, २९ बैशाख, २०८२

सीमा नाकामा दिनहुँ अवैध सामान बरामद, नौ महिनामा १२ करोड बढीको भन्सारमा बुझाइयो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १ जेष्ठ, २०८१

सीमा नाकामा दिनहुँ अवैध सामान बरामद, नौ महिनामा १२ करोड बढीको भन्सारमा बुझाइयो

नेपालगन्ज । जिल्लाप्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रको विभिन्न स्थानबाट दिनहुँ जसो अवैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका सामानहरु बरामद गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएका गस्ती टोलीका प्रहरीहरुले यो साताअन्दाजी रु.२ लाख ८१ हजार ७ सय बराबरका सामान बरामद गरेको हो ।

उपमहानगरपालिकाका विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा सुती कपडा, प्याज,पेय पदार्थ माउण्टेन ड्यू,  लगायतकाअवैध सामानहरु नियन्त्रणमा लिनु’का साथै उक्त सामान ढुवानीमा संलग्न ३ जना मानिस र २ वटा मोटरसाईकल सहितआवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको बाँके प्रहरीले जनाएको छ । यसैवीच नेपालप्रहरी र सशस्त्र प्रहरीले गरी चालु आ.व.को नौ महिनामा मात्रै भन्सार छलेर ल्याएको १२ करोड बढीको मालसामान बरामद गरेको तथ्याँक सार्वजनिक गरेको छ । 

प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार विगत नौ महिनामा १२ करोडको भन्सार छलीको सामान बरामद गरेको थियो । प्रहरीले पछिल्लो समयमा दैनिक जसो बिना भन्सार भित्रिएकाअवैध सामान, लत्ता कपडा, कुखुरा, चल्ला लगायतका सामान बरामद गर्दै आएको छ । नेपालप्रहरी र सशस्त्र प्रहरीको गस्तीले पनि दैनिक जसो भन्सार छलीका सामानहरु बरामद गर्दै भन्सारमा दाखिला गर्दै आएको छ ।सशस्त्रप्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीका अनुसार सशस्त्र प्रहरीले चालु आ.व.को गत चैत २७गतेसम्म १० करोड १० लाख रूपैयाँ बराबरको भन्सार छली गरी भित्रिएकाअवैध सामान बरामद गरेको छ ।

यसैगरि जिल्लाप्रहरी कार्यालय बाँकेका प्रहरी नायवउपरीक्षकप्रहरी प्रवक्ता नारायण डाँगीले चालु आ.व.को नौ महिनामा २ करोड २९ हजार २१ रूपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको जानकारी दिनु भएको छ ।यद्यपि प्रहरीबाट नेपालगन्जको मुख्यनाकामा ठाउँठाउँमा चेकिङ्गभइरहेको छ । त्यसबाहेक भित्री नाकाहरूका विभिन्न ठाउँहरुमा पनि सुरक्षाकर्मीहरूले निगरानी गरिरहेका छन् । 

सिमाना पारीको बजार रुपैडिहा बजारमा नेपाली ग्राहकहरुको घुइँचो लाग्ने र नेपालगन्ज बजार भने सुनसानहुने गरेको गुनासो गर्दै आएको नेपालगन्ज उद्योग वाणिज्य संघले बताउदै आएको छ संघका  अनुसार दैनिक १२ हजार ५ सय नेपालीहरू भारतको रूपैडिहा बजार पुगेर जनहीअन्दाजी ५ हजार बराबरको सामान खरीद गर्छन् र मुख्य नाकाबाटै बिनाभन्सार भित्रिने सामानबाट लाखौं राजश्व चुहावट  हुने अनुमान लगाएको छ ।

संघले चोरी पैठारी र राजश्व छली रोक्न नेपालगन्ज जमुनाहा नाकाको पूर्व र पश्चिममा ५÷५ किलोमिटर तारबार गर्न र लामो दुरीको सिसि क्यामेराबाट अनुगमन गर्ने व्यवस्था मिलाउन देशका अर्थमन्त्री, भन्सार विभागका महानिर्देशक लगायतका उच्चपदस्थअधिकारीहरु नेपालगन्ज आउँदा ज्ञापन पत्रमार्फत् पटक पटकआग्रह गर्दै आएको छ । तर, यसतर्फ कुनै  चासो नदिइएको गुनासो व्यवसायीहरुको रहँदै आएको छ ।

नेपालगन्जका व्यवसायीहरू सीमानाकाहरुमा निरन्तर निगरानी बढाउन माग गर्नुका साथै तस्करी रोक्नका लागि भन्सार दर घटाउन माग गर्दै आएका छन् । ‘भन्सार दर कमहुने हो भने भन्सार गराउनेहरुको संख्या बढ्छ, तस्करी हुँदैन’, उनीहरु भन्छन्– ‘त्यसबाहेक भित्री नाकाहरूमा समेत छोटी भन्सार सञ्चालनमा ल्याएर भन्सार गर्ने व्यवस्था मिलाउनु पर्छ ।’

सीमा नाकामा दिनहुँ अवैध सामान बरामद, नौ महिनामा १२ करोड बढीको भन्सारमा बुझाइयो

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif