आईतवार, ५ जेष्ठ, २०८२

२५ बुँदे घोषणापत्र जारी गर्दै सकियो सगरमाथा संवाद

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

२५ बुँदे घोषणापत्र जारी गर्दै  सकियो सगरमाथा संवाद

काठमाडौँ ।  सगरमाथा संवाद २०२५ जलवायु संकट समाधानका लागि साझा समझदारीको  घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन्।

सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि लिएर संसारभर  उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताइन् । संवादका निष्कर्षको कार्यान्वयन गर्दै उपलब्धि हासिल गर्नसबैको  सामूहिक प्रयत्न आवश्यक रहेको बताइएको छ।

जलवायु परिवर्तनका असर न्यूनिकरण गर्ने साझा प्रतिवद्धताका लागि सगरमाथा सम्वाद ऐतिहासिक फोरम हुन सक्ने बताइएको छ।   सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने जानकारी दिइएको  थियो  । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलो पटक सगरमाथा सम्वाद आयोजना गरेको हो ।

सम्मेलनमा एक सय ७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका थिए । 

advertisement_1676551646.gif
अन्य समाचार
advertisement_1693066608.gif
advertisement_1697293415.gif