आईतवार, ७ मंसिर, २०८३

राससद्वारा करार सेवामा दरखास्त आह्वान

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १ मंसिर, २०८३

राससद्वारा करार सेवामा दरखास्त आह्वान

२०८३ कार्तिक ३० काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले करार सेवामा विभिन्न पदपूर्तिका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ । केन्द्रीय कार्यालयमा रिक्त रहेका अधिकृत र सहायक स्तरका गरी कुल ९ पदमा करार सम्झौतामार्फत कर्मचारी नियुक्त गर्न राससले सूचना जारी गरेको हो ।

प्रकाशित सूचनाअनुसार विज्ञापन नम्बर १/०८१-०८२ अन्तर्गत अधिकृत स्तर–६ को भिजुअल एडिटर पदका लागि एक जना माग गरिएको छ । त्यसैगरी, विज्ञापन नम्बर २/०८१-०८२ मार्फत सहायक स्तर-५ को भिजुअल एडिटर पदमा तीन जना र विज्ञापन नम्बर ३/०८१–०८२ अन्तर्गत सहायक स्तर–४ को छायाँकार पदका लागि पाँच जना कर्मचारी करार सेवामा पदपूर्ति गरिने भएको छ ।

तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले राससको केन्द्रीय कार्यालयमा स्वयं उपस्थित भएर वा प्रशासन शाखाको इमेल ठेगाना (rssrssadm@gmail.com) मार्फत दरखास्त पेस गर्न सक्नेछन् ।

इमेलमार्फत आवेदन दिँदा राससको वेबसाइटमा उपलब्ध दरखास्त फाराम भरेर आवश्यक सम्पूर्ण कागजातहरू एउटै पीडीएफ फाइल (२ एमबीभन्दा सानो साइज) बनाई पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८१ कात्तिक ३० गते) ले सात दिनभित्र इच्छुक उम्मेदवारले दरखास्त बुझाइसक्नुपर्ने राससले जनाएको छ।

advertisement_1676551537.gif