बुधबार, २५ असार, २०८२

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३० चैत्र, २०८०

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् ।

शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका छन् 

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif