राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १९ चैत्र, २०८२
२०८२ चैत्र १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको संसदीय दलको बैठकले सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गर्दै अर्याललाई सभामुख पदमा अघि सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको झाले बताए ।
सभामुखको निर्वाचन चैत २२ गते हुनेछ ।