सोमबार, १४ बैशाख, २०८३

रास्वपाले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ चैत्र, २०८२

रास्वपाले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस

२०८२ चैैैत्र १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । 

पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ ।

बैठकले १७ जना खसआर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताए ।

advertisement_1676551537.gif