सोमबार, १४ बैशाख, २०८३

रास्वपा सचिवालय बैठक सुरु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ चैत्र, २०८२

रास्वपा सचिवालय बैठक सुरु

२०८२ चैैैत्र १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ ।

समानुपातिक सांसदको नाम छनोटका लागि वैठक बसेको हो। आजको बैठकमा सभापति रवि लामिछाने ‘भर्चुअल’ रूपमा जोडिएका छन् ।

उनी स्वास्थ्य अवस्थाका कारण कार्यालय आउन नसकेका हुन्। लामिछानेलाई केही दिनदेखि निरन्तर ज्वरो आइरहेको छ । उनले घरमै बसेर राजनीतिक भेटघाटहरु गरिरहेका छन् ।

आजको बैठकले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय गरी निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ ।

advertisement_1680627706.gif