राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १७ मंसिर, २०८२
२०८२ मंसिर १६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारबारे सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।
उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन दिएको हो ।
उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले पत्र जारी गर्दै पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र उम्मेदवार छनोट हुने बताएका छन् ।
उनले रुपन्देही क्षेत्र नम्बर ३ का लागि मात्रै औपचारिक रूपमा उम्मेदवार चयन भएको र अन्य क्षेत्रका लागि कुनै टुंगो नलागेको बताएका छन् ।