शुक्रबार, १२ भाद्र, २०८३

बाढी प्रभावितका लागि भारतद्वारा १० टन राहत सामग्री हस्तान्तरण

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३

बाढी प्रभावितका लागि भारतद्वारा १० टन राहत सामग्री हस्तान्तरण

२०८३ भदौ ११ काठमाडौँ । भारतले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाललाई १० टन मानवीय सहायता उपलब्ध गराएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त मानवीय सहायता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गरेका हुन् ।

विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुग्ने उद्देश्यले भारतले उक्त सामग्री उपलब्ध गराएको जनाएको छ । सहायता हस्तान्तरण गर्दै भारतीय पक्षले विपद्का बेला नेपालसँग आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाएको छ ।

भारतले नेपालसँग दृढतापूर्वक उभिँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सम्भव सबै प्रकारको सहयोग उपलब्ध गराउने जनाएको छ । बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न निकायले काम गरिरहेका छन् ।

advertisement_1680627706.gif