बुधबार, ७ आश्विन, २०८३

भोटेकोशीमा पुनः बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ भाद्र, २०८३

भोटेकोशीमा पुनः बाढी, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

२०८३ भदौ १२ काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा शुक्रबार राति  पुनः बाढी बढेको छ । बाढी बढेकाेबारे जिल्ला प्रहरी कार्यालय रसुवामा चीन तर्फबाट सूचना प्राप्त भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्रिशूली नदीको तटीय क्षेत्र (मुग्लिनसम्म)मा अर्को सूचना नआउँदासम्म उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ । 

प्रहरीका अनुसार चिनियाँ पक्षले शुक्रबार राति ८ बजेर ४५ मिनेटमा रसुवा प्रहरीलाई बाढी बढेको सूचना दिएको हो । भोटेकोशीमा बाढी बढेकाले जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

अर्को सूचना नआएसम्मका लागि त्रिशूली नदीको तटीय क्षेत्र रसुवादेखि मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सचेत गराइएको छ ।

advertisement_1676553851.gif
अन्य समाचार