बुधबार, ७ आश्विन, २०८३

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भेटियो दुई जनाको शव

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ भाद्र, २०८३

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा भेटियो दुई जनाको शव

२०८३ भदौ १४ काठमाडौँ । भारतबाट आएको सुरुङ उद्धार विशेषज्ञ टोली र नेपाली सेनाको संयुक्त टोलीले रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेको छ । उक्‍त टोलीले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको हो ।

भारतीय विशेषज्ञ टोली आइतबार नेपाल आएपछि नेपाली सेनासँग समन्वय गरी सुरुङभित्र उद्धार तथा खोजी अभियान सुरु गरिएको थियो । उद्धारका क्रममा सुरुङको करिब १०० मिटरभित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार आयोजनाको करिब २५० मिटर लामो सुरुङमध्ये संयुक्त टोली १०० मिटरभित्रसम्म पुगेको थियो। उक्त क्षेत्रमा जीवित व्यक्ति फेला पार्न नसकिएको उनले बताए ।

चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र अझै केही कर्मचारी फसेको आशंका गरिएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनका अनुसार सुरुङमा ६ जना कर्मचारी फसेको अनुमान छ ।

भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गरी अत्याधुनिक उपकरणको प्रयोग गरेर उद्धार अभियान अघि बढाएको हो ।

advertisement_1676551646.gif
अन्य समाचार