बुधबार, ७ आश्विन, २०८३

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग हस्तान्तरण

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ भाद्र, २०८३

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग हस्तान्तरण

२०८३ भदौ १२ काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले हस्तान्तरण भएको छ । घोषणा गरेको १ करोड सहयोग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिनुभएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित सरकारी एवम् गैरसरकारी निकायहरूको योगदानप्रति एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स उच्च सम्मान व्यक्त गर्दछ ।

कम्पनीले आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

advertisement_1676553908.gif
अन्य समाचार