शुक्रबार, १२ भाद्र, २०८३

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले गर्यो विनाशकारी बाढीबारेको प्राविधिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ भाद्र, २०८३

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले गर्यो विनाशकारी बाढीबारेको प्राविधिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

२०८३ भदौ ११ काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो ।

बुधबार बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना प्राप्त भएलगत्तै महाशाखाले तटीय क्षेत्रमा पूर्व सूचना र सतर्कता सन्देश प्रवाह गरेको थियो । यो बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु बजार र दिउँसो १ः०० बजे मुग्लिङ पार गर्दै ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

बुधबार बोलुका ६ः३० बजे देवघाटमा बहाब सामान्य अवस्थामा करिब ४ मिटरमा फर्किएको प्रतिवेदनमा उल्लेख छ ।

Download the PDF
advertisement_1676553908.gif