बुधबार, ७ आश्विन, २०८३

नेपाली सेनाका हेलिकोप्टरमार्फत धुन्चे र हाकुबेँसी क्षेत्रबाट थप १८३ जनाको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ भाद्र, २०८३

नेपाली सेनाका हेलिकोप्टरमार्फत धुन्चे र हाकुबेँसी क्षेत्रबाट थप १८३ जनाको उद्धार

२०८३ भदौ १४ काठमाडौँ । रसुवा बाढीका कारण अलपत्रमध्ये आज आइतबार बिहान थप १८३ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । बिहान ११ बजेसम्म नेपाली सेनाका हेलिकप्टरबाट टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट ४ चिनियाँसहित जम्मा १८३ जनाको उद्धार गरिएको हो । 

त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा फसेका टोलीको उद्धारका लागि भदौ १२ गतेदेखि अस्थायी रूपमा खटिएको संयुक्त टोलीमा विशेषज्ञ जनशक्ति थप गरिएको छ । ९३ जनाको टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गरी उद्धार तथा खोजी कार्य अघि बढाइरहेको छ ।

बाढीको बहाब कम भएपछि टनेलको प्रवेशद्वार पत्ता लगाउने काम सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ । बाढी प्रभावित जिल्लामा नेपाली सेनाका करिब ८ हजार ४ सयभन्दा बढी फौज परिचालन गरिएको जनाएको छ । 

advertisement_1680627706.gif
अन्य समाचार