राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १२ भाद्र, २०८३
२०८३ भदौ १२ काठमाडौँ । सरकारले विपदबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारको उक्त निर्णयसम्बन्धी सूचना शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएको हो ।
विपदबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । घोषणामा समेटिएका जिल्ला र स्थानीय तहको विस्तृत विवरण राजपत्रमा उल्लेख गरिएको छ ।
संकटग्रस्त क्षेत्र घोषणा भएका जिल्लाहरू मध्ये रसुवाको उत्तरगया गाउॅपालिका, गोसाईकुण्ड गाउॅपालिका, कालिका गाउॅपालिका र आमाछोदिङमो गाउँपालिका रहेका छन्. ।
त्यस्तै नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका , किस्पाङ गाउँपालिका , तारकेश्वर गाउँपालिका रहेका छन्. ।
यता धादिङको गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका , गजुरी गाउँपालिका , बेनीघाट रोराङ गाउँपालिका रहेका छन्. ।
त्यस्तै गोरखाको गण्डकी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका राजपत्रमा उल्लेख गरिएको छ ।
