शुक्रबार, १२ भाद्र, २०८३

पाकिस्तानको ब्रोड पिकको हिम पहिरोमा निधन भएका थप तीजनाको शव नेपाल ल्याइयो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ श्रावण, २०८३

पाकिस्तानको ब्रोड पिकको हिम पहिरोमा निधन भएका थप तीजनाको शव नेपाल ल्याइयो

२०८३ साउन २६, काठमाडौँ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार स्वदेश ल्याइएको छ ।

आरोही किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपराह्न कतार एअरवेजको उडानमार्फत काठमाडौँ ल्याइएको हो ।

उनीहरूको शव अन्तिम श्रद्धाञ्जलीका लागि नक्सालस्थित नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिने भएको छ ।

गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा परी उनीहरूसहित कीर्तिमानी आरोही निर्मल पुर्जा, पुरबहादुर गुरुङ ‘युक्ता’ र नवाङ थिन्डु शेर्पाको पनि निधन भएको थियो । उक्त घटनामा छ नेपालीसहित अन्य चार जनाले ज्यान गुमाएका थिए ।

मृतकमध्ये पुरबहादुर गुरुङ ‘युक्ता’को शव साउन २१ गते नेपाल ल्याइएको थियो । उनको स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ ।

निर्मल पुर्जाको परिवार बेलायतमा रहेकाले उनको अन्त्येष्टि लन्डनमा गरिने भएको छ । नवाङ थिन्डु शेर्पाको शव भने भौगोलिक कठिनाइका कारण हालसम्म संकलन गर्न नसकिएको जनाइएको छ ।

advertisement_1676553851.gif