बिहीबार, ८ आश्विन, २०८३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २६ भाद्र, २०८३

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात

२०८३ भदौ २६ काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि स्वदेश तथा विदेशबाट संकलित सहयोगसहित प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि विभिन्न व्यक्ति तथा संस्थाबाट रकम संकलन गरी कोषमा दाखिला गरिएको हो ।

प्रधानमन्त्री राहत कोषको नेपाली रुपैयाँतर्फ नौवटा वाणिज्य बैंकका खातामा नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ ।

कोषको विदेशी मुद्रातर्फ दुईवटा वाणिज्य बैंकका खातामा दुई करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर रहेको विवरणमा उल्लेख छ ।

नेपाली रुपैयाँ र अमेरिकी डलर खातामा रहेको रकमको एकीकृत मूल्यका आधारमा कोषको कुल मौज्दात १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ पुगेको हो ।

राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु एक अर्ब निकासा  निकासा गरिसकेको छ ।

निकासा गरिएको रकम बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत व्यवस्थापन तथा तत्कालीन विपद् प्रतिकार्यमा परिचालन गरिनेछ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका लागि सार्वजनिक रूपमा सहयोग आह्वान गरेको थियो ।

advertisement_1676998982.gif