शुक्रबार, १२ भाद्र, २०८३

रसुवा बाढी अपडेट : हालसम्म ३५९ जनाको शव भेटियो

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

रसुवा बाढी अपडेट : हालसम्म ३५९ जनाको शव भेटियो

२०८३ भदौ ११ काठमाडौँ । चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । 

नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो ।

प्रहरीका अनुसार रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३२, नवलपरासीपुर्वमा ८२, नवलपरासी पश्चिममा १५ र तनहुँमा २२ जनाको शव फेला परेको हो ।

advertisement_1676551537.gif