राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ भदौ ११ काठमाडौँ । रसुवा बाढीबाट मृत्यु भएका ३८९ जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार बिहीबार राति ९ बजेसम्म ३८९ शव फेला परेका हुन् ।
जसमा रसुवामा १७, नुवाकोटमा २८, धादिङमा ३३, चितवनमा १३७, गोरखामा ३२, तनहुँमा २८, पूर्वी नवलपरासीमा ८७ र पश्चिम नवलपरासीमा २७ शव भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै, हालसम्म ४६६ जना घाइतेको उद्धार गरेको प्रहरीले जनाएको छ ।
बाढीपछि नदी तथा खोलाले बगाएर अन्य जिल्लासम्म पुर्याएका शवसमेत फेला पर्न थालेपछि मृतकको संख्या थपिँदै गएको हो । उद्धार तथा खोजी कार्य अझै जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न उद्धार टोली खोज तथा उद्धारमा परिचालित छन्। बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिइएको छ ।