राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १३ भाद्र, २०८३
२०८३ भदौ १३ काठमाडौँ । रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये अहिलेसम्म ६१६ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार जसमध्ये रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परेका हुन् । सबैभन्दा धेरै शव चितवनमा २ सय ३३ वटा शव फेला गरेको उहाँले जानकारी दिनुभयो । यस्तै नवलपुर पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७, तनहुँमा ३१, गोरखामा ४८, धादिङमा ४५ र रसुवामा १३ जनाको शव फेला परेको छ । प्राधिकरणले शव व्यवस्थापन गर्न समस्या भएको जनाएको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीका परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागी नेपाल प्रहरीका ४ हजार ८ सय ११, नेपाली सेनातर्फ ६ हजार ७ सय ५५ र सशस्त्र प्रहरीतर्फ ३ हजार ६ सय ५८ जना सहित कुल १५ हजार २ सय २४ सुरक्षाकर्मीहरु परिचालित छन् ।
प्रहरीले अनुसार दिउँसोसम्म दुई हजार ३०१ जनालाई उद्धार गरिएको जनाएको छ । प्रहरीले रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार गरेको हो ।