बुधबार, ७ आश्विन, २०८३

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग छुट्टाछुट्टै छलफल

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ भाद्र, २०८३

रसुवा बाढी संकटबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग छुट्टाछुट्टै छलफल

२०८३ भदौ १५ काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित परिस्थितिको व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल अघि बढाएका छन् ।

प्रधानमन्त्री शाहले आज प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म सञ्चालन भएका खोज तथा उद्धार, राहत वितरण र समग्र व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।

सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रको अवस्था, उद्धार प्रयास तथा राहत व्यवस्थापनबारे आवश्यक समन्वय र आगामी कार्यदिशाका विषयमा प्रधानमन्त्रीले जानकारी लिएको जनाइएको छ ।

प्रधानमन्त्री शाहले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत आजै छलफल गरी सुरक्षा निकायबाट भइरहेको खोज, उद्धार तथा व्यवस्थापन कार्यको अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ ।

भोटेकोशीमा आएको बाढीपछि उत्पन्न संकट समाधानका लागि सुरक्षा संयन्त्रको परिचालन, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्रीले सुरक्षा निकायका नेतृत्वसँग प्रत्यक्ष समन्वय गरिरहेका छन् ।

advertisement_1676551646.gif
अन्य समाचार