सोमबार, १४ बैशाख, २०८३

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने

राष्ट्रिय सन्‍देश संबाददाता, ८ घण्टा पहिले

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोली बस्ने

२०८३ बैशाख १३, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए ।

advertisement_1680627706.gif