मंगलवार, १७ असार, २०८२

पूर्वराजालाई राप्रपाले सभापति बनाए हुन्छ : देउवा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ९ चैत्र, २०८१

पूर्वराजालाई राप्रपाले सभापति बनाए हुन्छ : देउवा

१० चैत्र २०१८१, ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् ।

कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गीत गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गरेका हुन् ।

पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति नभएको उनले बताए। ‘उहाँ संवैधानिक भएर बस्ने व्यक्ति होइनन् । चाहना नै हो भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पार्टी सभापति भएपछि राप्रपा पनि पछुताउँछ,’ उनले भने।

यस्तै उनले राप्रपाले पार्टीमा नभित्र्याए पूर्वराजाले पार्टी खोलेर आए पनि हुने देउवाले चुनौति समेत दिएका छन् ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif